Rule 8
पदपूर्ति गर्न नहुने
: (१) ऐन तथा यस नियमावलीमा व्यवस्था भएदेखि बाहेक अन्य तारिबाट सशस्त्र प्रहरी सेवाको कुनै पनि पदमा पदपूर्ति गरिने छैन ।
(२) उपनियम (१) विपरित कुनै व्यक्तिलाई कुनै पदमा नियुक्ति गरिएमा त्यसरी नियुक्त गर्ने सशस्त्र प्रहरी अधिकारीबाट नियुक्त हुने व्यक्तिले खाएको तलब भत्ता तथा अन्य सुबिधा सरकारी बाँकी सरह असूल उपर गरी विभागीय कारबाही समेत गरिनेछ ।
(३) सशस्त्र प्रहरी कितावखानामा पददर्ता नगरी सशस्त्र प्रहरी सेवाको कुनै पनि पद पूर्ति गरिने छैन ।